बागलुङ ।
बागलुङमा आयोजित अन्तर्राष्ट्रिय बागलुङ समाज कप भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हात पारेको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजनामा भएको उक्त प्रतियोगितामा गलकोटले निसीखोला गाउँपालिकालाई ३–२ सेटले पराजित गरि उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा गलकोट पहिलो २६–२४, तेस्रो २५–२० र पाँचौँ २४–२२ ले जितेको थियो । निसीखोलाले भने दोस्रो २५–१७ र चौँथो २६–२४ ले जितेको थियो । गलकोटले उपाधि जित्दै रु दुई लाख हात पारेको छ ।
दोस्रो हुने निसीखोला गाउँपालिकाले रु एक लाख हात पारेको हो ।
तेस्रो हुने काठेखोला गाउँपालिकाले रु ५० हजार र सान्त्वना हुने ढोरपाटन नगरपालिकाले रु २५ हजार प्राप्त गरेको अन्तर्राष्ट्रिय बागलुङ समाजका सचिव राजु थाले जानकारी दिए ।
प्रतियोगितामा बागलुङका १० स्थानीय तहबाट दश टिमको सहभागिता रहेको थियो । खेलमा सहभागी हुने सबै समूहले रु २५/२५ हजार नगद पुरस्कार प्रदान गरेको सचिव थापाले बताए । समाजले अबदेखि हरेक दुई/दुई वर्षमा प्रतियोगिता गर्ने थापाले जानकारी दिए ।
प्रतियोगिता गत असोज २९ गतेदेखि सुरु भएको थियो । बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैर आवासीय नागरिकको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले जिल्लाभित्र अन्य सामाजिक कामसमेत गर्दै आएको छ ।
प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार ०८:१८




