पोखरा ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मिलित त्रिदेशीय सिरिज आजदेखि युएईमा सुरु हुँदैछ ।
शृंखलाको पहिलो खेलमा आज नेपाल र अमेरिका खेल्दैछन् । यो खेल बिहान सवा ११ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् । दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृखलामा नेपालले अमेरिका र युएईसँग समान २–२ खेल खेल्नेछ ।
टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृखलाका लागि टोलि घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो ।
यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेको छ ।
त्यसपछि टोलि ओमानबाटै दुबई पुगेको हो । नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीबार घरेलु टोली युएईसँग खेल्नेछ ।
त्यसपछि नोभेम्बर १ तारिख अर्थात् शनिबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै नोभेम्बर ५ तारिख अर्थात् कात्तिक १९ गते यो शृखलाको अन्तिम खेल नेपालले यूएईसँग खेलेपछि टोली स्वदेश फर्कनेछ ।
लिग–२ मा १६ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल सातौं स्थानमा छ ।
दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने यूएई ६ अंकसहित आठौं स्थानमा छ ।
प्रकाशित मिति २०८२ कात्तिक १० गते आइतबार ०८:४३




