२०८३ असोज २४ गते शनिबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिपूर्वक सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य  दिएसँगै छठ पर्व विधिपूर्वक सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १२ गते मंगलबार ०९:०१

चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।

पोखरा ।

उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न भएको छ ।

सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो ।

चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।

छठको पहिलो दिन नहाय खाय र दोस्रो दिन खरना गरेका व्रतालुहरुले सोमवार अस्ताउँदो सूर्यदेवलाई अर्घ्य चढाएका थिए ।

रातभर घाटमै पूजापाठ गरी आज उदाउँदो सूर्यदेवलाई अघ्र्य दिएका हुन् ।

छठ हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि ऋषि पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् ।

फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको धार्मिक विश्वास छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दु सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।

प्रकाशित मिति २०८२ कात्तिक १२ गते मंगलबार ०९:०१
हजुरको प्रतिक्रिया