२०८३ साउन २१ गते बिहीबार

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २० गते बुधबार ०९:०३

अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने कमजोर प्रदर्शन गरेको छ ।

पोखरा ।

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ ।

अमेरिका र यूएईसँगका सुरूवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले अमेरिकासँगको तेस्रो खेलमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि जित हात पार्न सकेन ।

अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिए पनि नेपालले यो योगफललाई रक्षा गर्न सकेको थिएन ।

लगातार हारले नेपालको सिधै विश्वकप छनोटसम्म पुग्ने सम्भावना कठीन बन्दा एकदिवसीय मान्यता जोगाउन पनि निकै सुधारिएको प्रदर्शन गर्नु पर्नेछ ।

अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने कमजोर प्रदर्शन गरेको छ ।

सिरिजमा तीन खेल हारेको नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।

अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेको यूएईले पनि घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको छ ।

यस सिरिजमा यूएई अमेरिकासँगका दुबै खेलमा पराजित भएको छ भने नेपालविरूद्ध जित हात पारेको छ ।

लिग–टूमा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ ।

आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

प्रकाशित मिति २०८२ कात्तिक २० गते बुधबार ०९:०३
हजुरको प्रतिक्रिया