२०८३ असोज २३ गते शुक्रबार

आइसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन

आइसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २० गते बुधबार ०८:१७

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।

पोखरा ।

आइसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन बनेको छ । युएईमा भएको ४ वटै खेलमा नेपाल पराजित हुन पुग्यो ।

बुधबार भएको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित हुन पुग्यो ।

नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । युएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए ।

उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । शाहदादले मोहम्मद वासिनलाई चौथो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए ।

मोहम्मदले ७३ बलमा ७६ रन बनाएर आउट भए । बलिङमा नेपालका करण केसीले ३, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एकएक विकेट लिए । त्यसअघि आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रनमा आउट भए ।

ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे । बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुईदुई विकेट लिए ।

प्रकाशित मिति २०८२ कात्तिक २० गते बुधबार ०८:१७
हजुरको प्रतिक्रिया