पोखरा ।
प्रसिद्ध वेगनास तालमा पहिलोपटक रात्रीकालीन लाइभ म्युजिक कार्यक्रम सम्पन्न भएको छ। कार्तिक शुक्ल पूर्णिमाको अवसरमा “जुन हेर्दै संगीत” भन्ने मूल नारासहित तालको बाँधमा आयोजित उक्त कार्यक्रमले स्थानीय पर्यटकलाई आकर्षित ग¥यो ।
लेखनाथ मिडिया प्रालि र नेपाल चौतारीको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखराको चर्चित सयपत्री ब्याण्डले नेपालका कालजयी गीतहरूका धुनहरू प्रस्तुत गरेको थियो। साथै, स्थानीय नौमती बाजाका परम्परागत धुनहरूले माहोललाई अझै रमाइलो बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले पोखरालाई पर्यटकीय राजधानीको रूपमा स्थापित गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याउने बताइन्। उनले संगीत, संस्कृति र पर्यटनको संयोजनले पोखराको पहिचानलाई अझ मजबुत बनाउने उल्लेख गरिन्।

पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपि बहादुर भट्टराई, सह–संयोजक दामोदर भक्त थापा, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, हान पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, रेवान पोखराका पूर्व अध्यक्ष लक्ष्मण बराल ,पोखरा महानगर पालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया र लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सुरेन्द्र बाबु तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सन्दीप पौडेलले गरेका थिए।

हजुरको प्रतिक्रिया




