२०८३ साउन २१ गते बिहीबार

फुटबल खेलाडीको धर्ना प्रदर्शनमा एनएनआईपीएले पनि जनायो ऐक्यबद्धता

फुटबल खेलाडीको धर्ना प्रदर्शनमा एनएनआईपीएले पनि जनायो ऐक्यबद्धता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २२ गते शुक्रबार ०६:५३

खेलाडी संघले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग डेढ वर्षदेखि रोकिँदा खेलाडीहरू बेरोजगार बन्नु परेको भन्दै लिग तत्काल सुरु गर्न माग गरेको हो ।

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध बिहीबार नेपाल फुटबल खेलाडी संघले आयोजना गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले ऐक्यबद्धता जनाएको छ ।

खेलाडी संघले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग डेढ वर्षदेखि रोकिँदा खेलाडीहरू बेरोजगार बन्नु परेको भन्दै लिग तत्काल सुरु गर्न माग गरेको हो ।

उनीहरूले खेल्न पाउनु खेलाडीको अधिकार र खेल आयोजना गर्नु संघको दायित्व भएको बताएका छन् ।

एनएनआईपाले पनि खेलाडीहरूको मागलाई न्यायोचित ठहर गर्दै एन्फा नेतृत्वले समस्या समाधानका लागि गम्भीर पहल गर्नुपर्ने जनाएको छ ।

संघले खेलाडीको हकका लागि हुने सबै विरोध कार्यक्रमलाई साथ दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक २२ गते शुक्रबार ०६:५३
हजुरको प्रतिक्रिया