२०८३ साउन २१ गते बिहीबार

जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारमै सारियो

जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारमै सारियो

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ कात्तिक २३ गते शनिबार ०८:२१

समाज विकास केन्दको कवर्ड हलमा कार्यालय सारेको उनले बताए ।

बागलुङ ।

जिल्ला खेलकुद विकास समितिको कार्यालय पुनः बागलुङ बजारमा सारिएको छ ।

गत असोज ३१ गते सदरमुकाम बागलुङ बजारमा कुनै पनि सरकारी निकायले कार्यालय संचालनका लागि कोठा नदिएपछि बिुहँ स्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्दको कवर्ड हलमा सारिएको थियो ।

जिल्ला समन्वय समिति बागलुङले दुई वठा कोठा कार्यालय संचालनका लागि उपलब्ध गराएपछि कार्यालय पुनः बजारमा झारिएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताए ।

कार्यालय संचालनका लागि प्रदेश सरकारले कुनै पनि बजेटको व्यवस्थापन नगरेपछि लामो समय व्यक्तिगत रुपमा आफूले व्यहोर्दै आएको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम स्थित सबै सरकारी कार्यालयलाई दुई वटा कोठा उपलब्ध गराउन आग्रह गरे पनि सुनुवाई नभएको उनले बताए ।

व्यक्तिगत लामो समय भाडा तिर्न नसक्ने स्थिति आएपछि निःशुल्क पाइएको बिहुँकोट खेलकुद तथा समाज विकास केन्दको कवर्ड हलमा कार्यालय सारेको उनले बताए ।

यसअघिका कार्यसमितिलाई घर भाडाबापत रकम आउने गरेको थियो । तर, चालु आर्थिक वर्षदेखि भाडा कटौती भएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक २३ गते शनिबार ०८:२१
हजुरको प्रतिक्रिया