२०८३ साउन २१ गते बिहीबार

कास्कीका ५ सहित गण्डकीमा ३९ जना कोरोना संक्रमित थपिए

कास्कीका ५ सहित गण्डकीमा ३९ जना कोरोना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ५ गते सोमबार ०१:२७

गण्डकी प्रदेशमा पोखरा– २८ का १ जना सहित कास्कीको रुपा र माछापुच्छ्रे गाउँपालिकाका ४ जना गरि कुल ५ जना, तनहुँ शुक्लागण्डकी नगरपालिकाका १७ जना, ढोरपाटन नगरपालिका बाग्लुङ्का १४ जना तथा स्याङ्जाका २ र गोरखाका १ जना गरि ३९ जना कोरोना संक्रमित थपिएका हुन ।

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्धारा सोमबार १२ : १५ बजेसम्म जारी विज्ञप्तीका अनुसार गण्डकी प्रदेशमा ३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३४७८ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमित फेला परेका हुन् । यसअघि निर्देशनालयले विहान जारी गरेको विज्ञप्तीमा पोखरा महानगरपालिका वडा नं २८ का १९ बर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमितमध्ये बाग्लुङ जिल्ला, ढोरपाटन-१ का व्यक्तिहरू नेपाल बैंक लि., हिमाल मेडिकल, भट्टराई इलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के., धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत छन् । त्यस्तै बाग्लुङ जिल्ला, ढोरपाटन-४ का ३१ वर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक-६ का ३३ वर्षीय पुरुष गरी २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०१:२७
हजुरको प्रतिक्रिया