म्याग्दी ।
नेपालमा हुलाक कार्यालयलाई समयानुकूल परिमार्जन गर्दै चुस्त, छरितो, प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् ।
हुलाक सेवा विभागले म्याग्दीका स्थानीय तहसँग आयोजित कार्यक्रममा सिमित स्रोतसाधन, जनशक्तीका कारण समस्या झेल्दै आएको हुलाकलाई प्रयाप्त स्रोतसाधनसहित आधुनिक सेवामार्फत सेवाग्राहीलाई आर्कषित गर्नुपर्ने बताइएको थियो ।
कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले हुलाकको महत्व तथा प्रयोगलाई बढाउन स्रोतसाधनको आवश्यकता रहेको बताइन् ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्मार्ट हुलाकका लागि सहयोगको प्रतिबद्धता जनाएका थिए ।
सोही अवसरमा आमसर्वसाधारणको पहुँचसम्म हुलाक सेवा पु¥याउन जिल्ला हुलाक कार्यालय म्याग्दीले १० बँुदे घोषणापत्र जारी गरेको थियो ।
म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै चिठीपत्र बाहेक खाद्यान्न साम्रागी लत्ताकपडा, मोबाइल, औषधि लगायतका मालसामान पठाउने गरेको छ ।
म्याग्दीमा पाँचवटा पालिकास्तरीय हुलाक र अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन् ।
प्रकाशित मिति २०८२ कात्तिक २५ गते सोमबार ०९:०४




