२०८३ साउन २१ गते बिहीबार

नेपथ्यको कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम क्रिकेट विकासमा खर्चिने

नेपथ्यको कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम क्रिकेट विकासमा खर्चिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २५ गते सोमबार ०९:०६

उनले उक्त कन्सर्टमा ७ हजार ८ सय जनाले टिकट काटेर कन्सर्ट अवलोकन गरेको उल्लेख गरे । यस्तै २ हजार २ सय जना आमन्त्रित पासको रुपमा कन्सर्टमा पुगेका थिए ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपिएल)को टोली पोखरा एभेन्जर्सले नेपथ्यको कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम गण्डकी प्रदेशभित्रका विद्यालयको क्रिकेट विकासमा खर्चिने भएको छ ।

पोखरा एभेन्जर्सको आयोजनामा गएको शुक्रबार साँझ पोखरा रंगशालामा नेपथ्यको कन्सर्ट गरिएको थियो ।

उक्त कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम विद्यालयको क्रिकेट विकासमा सहयोग गर्ने पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए ।

उनले उक्त कन्सर्टमा ७ हजार ८ सय जनाले टिकट काटेर कन्सर्ट अवलोकन गरेको उल्लेख गरे । यस्तै २ हजार २ सय जना आमन्त्रित पासको रुपमा कन्सर्टमा पुगेका थिए ।

केही व्यक्तिहरु टिकट नकाटि पुगेकाले करिब १२ हजारले कन्सर्टको अवलोकन गरेको आयोजकको अनुमान छ ।

कन्सर्टका लागि सुरुवातमा टिकट काट्ने एक हजार जना र विद्यार्थीका लागि ९९९ रुपैयाँ तोकिएको थियो । यस्तै अन्यका लागि १४९९ रुपैयाँ निर्धारण गरिएको थियो ।

टिकट खरिद गरेवाफत एभेन्जर्सले जर्सी दिएको थियो ।

प्रत्येक टिकटबाट दुई सय जिल्ला खेलकुद विकास समिति र एक सय विद्यालयको क्रिकेट विकासका लागि खर्चिने समझदारी भएको थियो ।

सोही समझदारीअनुसार करिब ५ लाख र अन्य प्रायोजकबाट थप ५ लाख गरी १० लाख बराबरको क्रिकेट सामग्री गण्डकीका विद्यालयलाई प्रदान गर्ने एभेन्जर्सका अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

खेलकुद विकास समिति र क्रिकेट संघसँगको समन्वयमा विद्यालय छनोट गरिने त्रिपाठीले बताए ।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । पहिलो संस्करणमा पोखराले २ खेलमा मात्रै जित निकालेको थियो ।

यसपटक अघिल्लो संस्करणको कमजोरी सुधार गरेर प्रदर्शन राम्रो गर्ने त्रिपाठीको विश्वास छ ।

प्रकाशित मिति २०८२ कात्तिक २५ गते सोमबार ०९:०६
हजुरको प्रतिक्रिया