२०८३ साउन २१ गते बिहीबार

एमालेका सरोज यादव बने मधेश प्रदेशको मुख्यमन्त्री

एमालेका सरोज यादव बने मधेश प्रदेशको मुख्यमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २५ गते सोमबार ०९:१७

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

पोखरा ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

बिहान एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ गराएकी हुन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाण्डौ गएको र आफूले स्वास्थ्य लाभको कामना गरेको निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले बताएका थिए ।

तर लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो ।

निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखले प्रदेशको अस्मितालाई समाप्त पारेको बताएका छन् ।

विश्वासको मत नपाउने भएपछि सोनलले शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति २०८२ कात्तिक २५ गते सोमबार ०९:१७
हजुरको प्रतिक्रिया