पोखरा ।
भारत र श्रीलंकको संयुक्त आयोजनामा हुन लागेको विश्वकपमा नेपालसहित ६ देशले सहभागिता जनाएका छन् ।
पहिलो पटक हुन लागेको विश्वकपमा नेपालसहित आयोजक भारत र श्रीलंका, पाकिस्तान, अष्ट्रेलिया, बेलयात र अमेरिका सहभागी छन् ।
विश्वकपमा लिग चरणका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । लिगपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल मंसिर ७ गते हुनेछ ।
नेपाली टोली विश्वकप खेल्न भारत प्रस्थान गरिसकेको छ । उक्त विश्वकपका लागि गीता पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको थियो । उक्त टोलीले करिब एक महिना पोखरामा बन्द प्रशिक्षण गरेको थियो ।
दृष्टिविहिन महिला क्रिकेटको सुरुवात सन् २००६ मा नेपालबाटै भएको थियो । त्यसपछि अन्य देशहरुमा खेल्न थालिएको हो । यो विश्वकपमा सुरुमा भारतसँगै नेपाल पनि सहआयोजको रुपमा थियो ।
तर, जेनजी आन्दोलनका कारण नेपालको राजनीतिक परिस्थितीका कारण नेपालको सट्टा श्रीलंकामा खेल खेलाउन लागिएको क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपालका महासचिव अमृत बरालले जानकारी दिए । उनले नेपालले भारत, पाकिस्तान र इग्ल्याण्डलाई हराइसकेकाले यो पटक विश्वकप जित्ने विश्वास व्यक्त गरे ।
विश्वकपमा नेपालले पहिलो खेल बुधबार श्रीलंकासँग खेल्नेछ । कार्तिक २८ गते भारत, २९ गते इङग्ल्याण्ड र ३० गते अमेरिकासंग खेल्ने तालिका छ ।
लामो समयदेखिको तयारी भएकाले नेपालले विश्वकप जित्ने टोलीकी कप्तान गीता पौडेलको विश्वास छ । विश्वकपका लागि पाकिस्तानी प्रशिक्षकबाट पनि नेपाली टोलीले प्रशिक्षण गरेको थियो ।
प्रकाशित मिति २०८२ कात्तिक २५ गते सोमबार ०८:२६




