जापान, कुमामोतो ।
जापानको कुमामोतो क्षेत्रमा सक्रिय रूपमा खेलकुद तथा सामाजिक गतिविधि गर्दै आएको आसो फुटबल क्लब (ASO FC) ले आगामी २०२५ डिसेम्बर २० मा तेस्रो ‘एएसओ कप’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कुमामोतोमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र मनोरञ्जन अभिवृद्धि गर्दै आएको यो प्रतियोगिता पछिल्ला वर्षहरूमा फुटबल प्रेमी खेलाडी र दर्शकको मनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
यही सफल परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिता नकआउट प्रारूपमा सञ्चालन गरिने भएको हो ।
प्रतियोगिता भव्य तथा सफल बनाउनका लागि आसो फुटबल क्लबले समुदाय, संस्था तथा इच्छुक व्यक्तिहरूबाट स्वेच्छिक आर्थिक सहयोगका लागि अनुरोध गरेको छ ।
क्लबले प्राप्त हुने सहयोग रकमले खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने र आयोजक टोलीलाई अझ ऊर्जा तथा हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
सहयोगका लागि क्लबले तोकिएको बैंक खातामा जम्मा गर्न आग्रह गरेको छ भने जम्मा गरेको रिसिट आयोजक सदस्यलाई पठाइदिन अनुरोध गरिएको छ ।
आयोजक आसो फुटबल क्लबले नेपाली समुदायको निरन्तर साथ, सहयोग र उत्साहप्रति आभार प्रकट गर्दै यस वर्षको ब्क्इ ऋग्ए लाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको जनाएको छ ।





