२०८३ असोज २३ गते शुक्रबार

एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्समाथि ३-२ को जीतसँगै कर्णालीलाई उपाधि

एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्समाथि ३-२ को जीतसँगै कर्णालीलाई उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १ गते आइतबार ११:१८

कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ललितपुर क्विन्समाथि ३-२ को सेटमा जित निकालेर कर्णाली च्याम्पियन...

कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ललितपुर क्विन्समाथि ३-२ को सेटमा जित निकालेर कर्णाली च्याम्पियन बनेको हो।

अघिल्लो सिजन पनि कर्णालीले उपाधि जित्ने क्रममा ललितपुरलाई नै हराएको थियो।

शनिबार कर्णालीले पहिलो सेट २६-२४ ले जितेर विजयी सुरूवात गर्न सफल भयो। दोस्रो सेटमा २५-१७ ले विजयी भएसँगै कर्णाली २-० ले अघि रह्यो। तर त्यसपछिका दुई सेटमा ललितपुरले पुनरागमन गर्न सफल भयो। ललितपुरले तेस्रो सेट २५-१३ ले जित्यो भने चौथो सेटमा २५-१७ को जित निकालेर खेललाई बराबरीमा ल्यायो।

त्यसपछि निर्णायक पाँचौ सेटमा कर्णाली हाबी बन्न पुग्यो। कर्णालीले १५-८ ले जितेर ट्रफी उचाल्न सफल भयो।

यसअघि भदौमा सुरु भएको लिग जेनजी आन्दोनलका कारण बीचैमा स्थगित भएको थियो। त्यसपछि यहि साता बाँकी खेल सकिएका हुन्।

प्रकाशित मिति २०८२ मंसिर १ गते आइतबार ११:१८
हजुरको प्रतिक्रिया