२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा समुदाय–प्रहरी जिल्ला समिति गठन, समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिने

म्याग्दीमा समुदाय–प्रहरी जिल्ला समिति गठन, समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिने

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ मंसिर २ गते सोमबार ०१:३६

म्याग्दीमा समुदायस्तरमा सञ्चालित गतिविधिले प्रहरी र समुदायको सम्बन्ध स्थापित तथा अपराध रोकथाम, अपराधको अनुसन्धानमा जनसहभागितालाई समेत बढाएको छ ।

म्याग्दी ।

म्याग्दीमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको जिल्ला समितिको पुर्नगठन भएको छ ।

समाजमा शान्ति र स्थायित्वका लागि समुदायमा आधारित विभिन्न कार्यक्रका लागि गठित समितिको सह–संयोजक प्रहरी नायव उपरीक्षक, सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालय समुदायिक सम्पर्क अधिकृतलाई तोकिएको छ ।

समुदायस्तरका विभिन्न सघसंस्थाका प्रतिनिधि हुने गरी ११ सदस्यीय समिति गठन भएको हो ।

समितिको सल्लाहकारमा जिल्ला समन्वय समिति, म्याग्दीका नगर तथा गाउँपालिकाका प्रमुख रहनेछन् ।

वि.स २०७५ सालमा गठिन भएको समितिको पुर्नगठनसँगै स्थानीय तहका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय र वडा अध्यक्षको संयोजकत्वमा वडातहमा समेत गठन गरी समुदायमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिए ।

म्याग्दीमा गत आर्थिक बर्ष २०८१÷०८२ सालमा १९ सय ५२ कार्यक्रममार्फत कुल ३२ हजार २२९ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको प्रहरीले जनाएको छ ।

म्याग्दीमा समुदायस्तरमा सञ्चालित गतिविधिले प्रहरी र समुदायको सम्बन्ध स्थापित तथा अपराध रोकथाम, अपराधको अनुसन्धानमा जनसहभागितालाई समेत बढाएको छ ।

प्रहरीले लागू औषध विरुद्ध जनचेतनामूलक, साइबर अपराध, दुर्घटना न्यूनीकरण, आत्महत्या न्यूनिकरण, जबरजस्ती करणीविरुद्ध, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानव बेचबिखनविरुद्ध, बालविवाहलगायत सामाजिक कुरितीविरुद्ध जनचेतना अभिवृद्धि लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

 

प्रकाशित मिति २०८२ मंसिर २ गते सोमबार ०१:३६
हजुरको प्रतिक्रिया