२०८३ साउन २१ गते बिहीबार

एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २ गते सोमबार ०८:२०

काठमाण्डुका लागि वेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाए ।

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ

जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

काठमाण्डुका लागि वेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाए । आकाश त्रिपाठीले ३९, भीम सार्की ३, मिलिन्द कुमार १९, जोन सिम्पसोन १३ रनको योगदान दिए ।

मोहम्मद आदिल आलम ८ रनमा अविजित रहे । बलिङमा जनकपुरका किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्र्टन र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।

ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए ।

मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे । बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।

प्रकाशित मिति २०८२ मंसिर २ गते सोमबार ०८:२०
हजुरको प्रतिक्रिया