२०८३ साउन २१ गते बिहीबार

गलेश्वर मन्दिरमा बालाचतुर्दशीका दिन ३० हजार भक्तजन

गलेश्वर मन्दिरमा बालाचतुर्दशीका दिन ३० हजार भक्तजन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ४ गते बुधबार ०३:४९

म्याग्दी । बालाचतुर्दशीका दिन म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालयको ३० हजार भन्दा बढि श्रद्वालुले दर्शन गरेका छन् । गलेश्वर शिवालयमा आज दिनैभर शतविज छर्नेहरुको घुईचो लाग्यो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद...

म्याग्दी ।

बालाचतुर्दशीका दिन म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालयको ३० हजार भन्दा बढि श्रद्वालुले दर्शन गरेका छन् । गलेश्वर शिवालयमा आज दिनैभर शतविज छर्नेहरुको घुईचो लाग्यो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्णाली प्रदेशबाट समेत समुहमा दर्शनार्थी आएको जानकारी दिए ।

भक्तजनलाई सहज रूपमा पूजा–अर्चना गर्ने वातावरण बनाउन लाइन व्यवस्थापन, सुरक्षाकर्मीको तैनाथी तथा स्वयंसेवक परिचालन गरिएको कोषले जनाएको छ। कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विशेष व्यवस्था गरेको थियो।

बालाचतुर्दशीका दिन शतबीज छरे पितृले मोक्ष मात्र गर्ने विश्वास छ । रातभर भजन–कीर्तन गरी जाग्राम बसेपछि बिहानै कालीगण्डकी स्नान, दीप दान र शतबीज छर्ने परम्परा दीर्घकालदेखि चल्दै आएको छ। जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्र्दै मन्दिर परिक्रमा गरिन्छ।

द्वापर युगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सत बीज छर्नका लागि हजारौँ भक्तजन आउँछन्। गलेश्वरमा रात भरी भजन कीर्तन गर्दै जाग्राम बसेर बालाचतुर्दशीको दिन बिहानै कालीगण्डकी स्नान गरी पितृको स्मरण गर्दै दीप दानसहित शत बीज छर्ने प्रचलन रहेको छ।

काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित कालीगण्डकी गलेश्वरलाई अलौकिक धार्मिक स्थल मानिन्छ । स्नान तथा पूजा गर्न सहज सुविधा रहेको कारण पनि भक्तजनको भीड बाक्लो हुने गरेको अध्यक्ष रेग्मीले बताए ।

प्रकाशित मिति २०८२ मंसिर ४ गते बुधबार ०३:४९
हजुरको प्रतिक्रिया