२०८३ असोज २३ गते शुक्रबार

२१ औँ लेखनाथ महोत्सव पुष ३ गते देखि १४ गतेसम्म

२१ औँ लेखनाथ महोत्सव पुष ३ गते देखि १४ गतेसम्म

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ८ गते आइतबार ०२:४८

पोखरा । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ २१ औँ लेखनाथ महोत्सव–२०८२ हुने भएको छ । महोत्सवको तयारी वारे आयोजक लेखनाथ उद्योग वाणिज्य संघ, कास्कीले आइतबार संघको सभाहलमा पत्रकार सम्मेलन...

पोखरा ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ २१ औँ लेखनाथ महोत्सव–२०८२ हुने भएको छ । महोत्सवको तयारी वारे आयोजक लेखनाथ उद्योग वाणिज्य संघ, कास्कीले आइतबार संघको सभाहलमा पत्रकार सम्मेलन गरि जनकारि दिएको छ । महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुष ३ गते देखि १४ गतेसम्म पोखरा महानगरपालिका १७ डाँडाकानाक तालचोकमा हुने संघका द्वितीय उपाध्यक्ष एवं महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रबद्र्धन, जातिय भेषभुषा, कला सस्कृती , रितिरिवाज जगेर्नामा टेवा पुर्याउने साथै आन्तरिक एवं बाह्य पर्यटनमा टेवा पुर्याउने महत्सवको मुख्य लक्ष्य रहेको भट्टराईले बताए ।

महोत्सवमा ३३५ वटा स्टल रहने आयोजकले जनाएको छ । जसमध्ये अटो प्रदर्शनी स्टल ६, शैक्षिक ग्रामिण प्रविधि प्रदर्शनी ८, कृषि प्रदर्शनी ३४, किचन सामाग्री २७, मेशनरी ८, हस्तकला प्रदर्शनी १८, गार्मेन्ट तथा रेडिमेट १२२, जनरल ३४, फुड एण्ड बेभरेज प्रदर्शनी १४, डेरी प्रदर्शनी १०, नेपाली उत्पादन प्रदर्शनी १२, खाना महोत्सव १५, बैंक तथा वित्तिय संघसंस्था तथा प्रायोजक अन्तर्गत २७ स्टल रहने छन् ।

संघका सदस्यहरुलाई स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु २००० रकम छुट पाउने पत्रकार सम्मेलनमा जानारी दिइयो । साथै सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ मंसिर ८ गते देखि खुल्ला गरिएको छ भने अन्य व्यवसायीहरुका लागि मंसिर १५ गते देखि बुकिङ खुल्ला गरिने संघका अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिइन् । महोत्सवले यस क्षेत्रको आर्थिक गतिबिधि चलायमान गराउन सहयोग पुग्ने अध्यक्ष अधिकारीको भनाई छ ।

यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनीमा राखिने छ । महोत्सवको आकर्षणको रुपमा एशियाको ज्योतिको रुपमा चिनिने शान्तिकादुतः गौतम बुद्धको प्रतिमा रहने संघले जनाएको छ ।

महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्बद्धन सम्बन्धि टिकटक प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य). कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् ।

महोत्सव प्रवेश टिकट दर विद्यार्थीका लागि ५० रुपैया र सर्वसाधारणका लागि १०० रुपैया तोकिएको छ । सुगमसंगितको कन्सर्ट तर्फ दुइ सय रुपैया टिकट दर तोकिएको छ ।

महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजनकको अनुमान छ । भने ९ करोडको आर्थिक कारोवार, ९५ लाख आम्दानी, ८५ लाख खर्च र १० लाख रुपैया बचत हुने अनुमान गरिएको छ ।

लेखनाथ क्षेत्रको समग्र आर्थिक विकास र उद्योगी व्यवसायीको हकहितको संरक्षण र संवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ वि.सं २०५४ सालमा संघको स्थापना भएको थियो ।

२०५९ र ६० सालमा सुन्तला प्रदर्शनी हुँदै २०६१ मा सुपथ मुल्य बजारसँगै अनवरत रुपमा लेखनाथ महोत्सव आयोजना गदैँ आएको छ ।

प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०२:४८
हजुरको प्रतिक्रिया