पोखरा ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रले मंसिर ९ गतेदेखि क्लबस्तरिय भलिबल प्रतियोगिता गर्ने भएको छ ।
नबौँ संस्करणको महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखराको नदिपुरमा रहेको छ्न्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेता हुने टिमले १ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । यस्तै सान्त्वना पुरस्कार सेमिफाइनालिष्ट दुइ टिमलाई २५ हजारका दरले पुस्किृत गरिनेछ ।
यस्तै महिला तर्फ बिजेता हुने टिमले नगद ६० हजार र उपबिजेता हुने टिमले ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पुरुष टिममा राष्ट्रिय खेलकुद परिषद्द्धारा आयोजित सातौ, आठौँ र नबौँ प्रतियोगितामा सहभागिता जनाएका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीमध्य बढीमा ३ जना समावेस गर्न पाइने छ ।
महिला टिममा राष्ट्रिय खेलकुद परिषद्द्धारा आयोजित सातौ, आठौँ र नबौँ प्रतियोगितामा सहभागिता जनाएका राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी मध्य बढीमा २ जना खेलाडी समावेस गर्न पाइनेछ ।
महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय र पुरुष तर्फ सहभागी हुने टिमलाई ६ हजार ५ सय दर्ता शुल्क रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट सिस्टममा सञ्चालन गरिने जनाइएको छ । २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्य गर्दै आएको छ । प्रतियोगित सम्पन्न गर्न १७ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
केन्द्रको आयोजनामा हुने प्रतियोगिताममा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ एण्ड प्रेस न्यूरोड पोखराको सहआयोजना छन्त्याल ब्रदर्शको विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोग रहने बताइएको छ ।
केन्द्रको नबौँ वार्षिक उत्सवको अवसरमा हुने भलिबल प्रतियोगितासंगै विविभ सांस्कृतिक कार्यक्रम समेत संचालन हुने छन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनबाट हुनेछ ।
प्रकाशित मिति २०८२ मंसिर ८ गते आइतबार ०७:०५




