२०८३ असोज २३ गते शुक्रबार

आहा–रारा पोखरा गोल्डकपको २५औं संस्करण आगामी माघ २७ गतेदेखि हुने

आहा–रारा पोखरा गोल्डकपको २५औं संस्करण आगामी माघ २७ गतेदेखि हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ९ गते सोमबार ०५:१८

गोल्डकपमा विदेशीसहित ए डिभिजनका क्लबहरुको सहभागिता रहने क्लवले जनाएको छ ।
हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने सो प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका रहेको छ ।

पोखरा ।

आहा–रारा पोखरा गोल्डकपको २५औं संस्करण आगामी माघ २७ गते देखि फागुन ९ गते सम्म हुने भएको छ ।

आहा रारा पोखरा गोल्डकपको आयोजक सहारा क्लब पोखराले सोमबार एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।

गोल्डकपमा विदेशीसहित ए डिभिजनका क्लबहरुको सहभागिता रहने क्लवले जनाएको छ ।

हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने सो प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका रहेको छ ।

यसैबीच सहारा क्लब पोखराले गत २०८२ कार्तिक १४ गते आयोजित च्यारिटी डिनरमा १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत गर्न सफल रहेको जानकारी दिएको छ ।

सो रकम एकेडेमीमा आश्रित बालकहरुको लागि खर्च गर्ने अध्यक्ष थापाले बताए ।

एकेडेमीका लागि वार्षिक ४७ लाख खर्च हुदै आएको बताउँदै क्लबद्वारा सञ्चालित अक्षयकोषमा ३ करोड ४७ लाख रहेको जानकारी समेत दिए ।

प्रकाशित मिति २०८२ मंसिर ९ गते सोमबार ०५:१८
हजुरको प्रतिक्रिया