काठमाण्डौ
नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेश्रो खेलमा विजयी भएको छ ।
आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९ आभेर २ बलमा ९४ रनमा अलआउट भयो ।
कार्णालीका पवन सर्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहराले समान २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए ।
लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो र तीनमा एक खेल जितेको कर्णाली छैटौं स्थानमा यथावत् छ ।
यसअघि आज भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो ।
प्रकाशित मिति २०८२ मंसिर ९ गते सोमबार ०८:०४




