२०८३ असोज २३ गते शुक्रबार

सहकारी नियमन प्राधिकरणले थाल्यो वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण

सहकारी नियमन प्राधिकरणले थाल्यो वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ११ गते बुधबार ०५:१७

पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने कार्य शुभारम्भ गरिएको जानकारी दिए ।

काठमाडौं ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण शुरु गरेको छ ।

प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रियाको थालनी गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने कार्य शुभारम्भ गरिएको जानकारी दिए ।

उनकाअनुसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता हुनुपर्नेछ ।

उनले सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित बनाउनको लागि दर्ता अभिलेखीकरण शुरु गरिएको बताए ।

सहकारीहरु यसअघि नै सरकारको कुनै न कुनै निकायमा दर्ता रहेको भएपनि प्राधिकरणले डकुमेन्टेसनका लागि प्राधिकरणले दर्ता अभिलेखीकरण गर्न लागेको उनले उल्लेख गरे ।

उनले भने, ‘वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता अभिलेखीकरण हुनुपर्दछ भन्ने प्रावधान राखिएको छ । सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणको लागि सहकारीको डेटा प्राधिकरणमा हुनुपर्छ भन्ने अभिप्रायले हामीले अभिलेखीकरण शुरु गरेका हौं । यसअघि नै सहकारीहरु कुनै न कुनै निकायमा दर्ता छन् । यसअघि दर्ता गर्ने बित्तिकै सहकारीहरुलाई कारोबारको अनुमति दिइएको छ । ति सहकारी संस्थाहरुलाई प्राधिकरणले आफ्नो मापदण्डको आधारमा अभिलेखीकरण गर्छ ।’

प्राधिकरणले कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा संस्थाको वर्गिकरण गरी सञ्चालन इजाजतपत्र दस्तुर तोकेको छ ।  सहकारीहरुले १ हजारदेखि १५ हजार रुपैयाँसम्म इजाजतपत्र दस्तुर तिर्नुपर्ने हुन्छ ।

उक्त इजाजतपत्र प्रत्येक वर्षको श्रावण मसान्तभित्र नविकरण समेत गर्नुपर्ने व्यवस्था दर्ता अभिलेखीकरण मापदण्डले गरेको छ ।

प्रकाशित मिति २०८२ मंसिर ११ गते बुधबार ०५:१७
हजुरको प्रतिक्रिया