२०८३ साउन २१ गते बिहीबार

बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुँदै

बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुँदै

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ मंसिर १२ गते बिहीबार ०७:००

प्रतियोगिताको बारेमा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

बागलुङ ।

बागलुङमा यही मंसिर १४ देखि १८ गतेसम्म मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

बागलुङ नगरपालिकाको आयोजनामा तथा जिल्ला फुटबल संघ बागलुङको सहकार्यमा प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिताको बारेमा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बागलुङको पर्यटन र खेलकुदको प्रवद्र्धनका लागि मेयर कप संचालन गर्न थालेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले बागलुङबाट राष्ट्रिय स्तरका खेलहरुमा खेलाडीहरुले प्रतिनिधित्व गर्दै आएको भन्दै नयाँ खेलाडी उत्पादनमा यो प्रतियोगिताले टेवा पुग्ने उनको भनाइ छ ।

खेलकुदमाफर्त बागलुङको पर्यटन प्रवद्र्धन गर्न सकिने भन्दै यस्ता खालका प्रतियोगिताहरु समय–समयमा गरि राख्नु पर्नेमा उनले जोड दिए ।

फुटबलसँगै भलिबल र क्रिकेट खेलमा धेरै युवाको आकर्षण रहेको भन्दै खेलाडीमार्फत बागलुङलाई विश्व सामु चिनाउन सकिने उनले बताए ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरीसहित विभागीय र विभिन्न पालिकाका १० समूहले सहभागिता जनाउने खेल संयोजक सुदीप गौतमले जानकारी दिए ।

बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा बागलुङ नगरपालिकाको दुई समूह, बेनी नगरपालिका म्याग्दी, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, कटारी नगरपालिका उदयपुर, जलजला गाउँपालिका पर्वत, पैयुँ गाउँपालिका, कालिजंग गण, गण्डकी प्रदेश प्रहरी पोखरा प्रतियोगितामा सहभागी हुने उनको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख ३३ हजार ३३३, द्वितीय हुनेले रु दुई २२ हजार २२२ प्राप्त गर्ने संयोजक गौतमले बताए ।

प्रतियोगिताका लागि तयारी पूरा भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ मंसिर १२ गते बिहीबार ०७:००
हजुरको प्रतिक्रिया