२०८३ साउन २१ गते बिहीबार

नेपाल प्रिमियर लिगः कर्णालीमाथि विराटनगर किंग्सको रोमाञ्चक जित

नेपाल प्रिमियर लिगः कर्णालीमाथि विराटनगर किंग्सको रोमाञ्चक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १३ गते शुक्रबार ०७:५१

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुईदुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एकएक विकेट लिए ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा ग¥यो । विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे ।लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुईदुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एकएक विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो ।कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए । विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एकएक विकेट लिए ।एनपीएलमा विराटनगरले ५ खेलमा चौथो जित निकालेको छ । कर्णालीले भने तेस्रो हार बेहोरेको छ । कर्णाली यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग पराजित भएको थियो ।

प्रकाशित मिति २०८२ मंसिर १३ गते शुक्रबार ०७:५१

हजुरको प्रतिक्रिया