२०८३ साउन २१ गते बिहीबार

केबी एकेडेमी दरबाङले चुम्यो म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि

केबी एकेडेमी दरबाङले चुम्यो म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ मंसिर १४ गते शनिबार ०८:०९

प्रतियोगिताको पहिलो हाफको २२ मिनेटमै विवेक बुढाले गोल गरेपछि केबी एकेडेमीले अग्रता लिएको थियो ।

म्याग्दी ।

२३औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा केबी एकेडेमी दरबाङ च्याम्पियन बनेको छ ।

शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं केबी एकेडेमीले पहिलोपटक जेसीज कपको उपाधी जितेको हो । प्रतियोगिताको पहिलो हाफको २२ मिनेटमै विवेक बुढाले गोल गरेपछि केबी एकेडेमीले अग्रता लिएको थियो ।

पहिलो हाफमा निकै कमजोर प्रदर्शन गरेको बेनी सामुदायिकले दोस्रो हाफमा सुधार गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् । केबी एकेडेमीको रणनीति, खेलमा तालमेल देखिन्थ्यो भने बेनी सामुदायिकको मैदानभित्र रणनीति तथा तालमेलको कमीका कारण केबी एकेडेमीको तर्फबाट दिक्षित बुढाले ३८ र ४३ मिनेटमा थप दुई गोल गर्दै विजयको बलियो संकेत देखाएका थिए ।

प्रतियोगितामा थपिएको अतिरिक्त समयमा बेनी सामुदायिकका सन्दिप क्षेत्रीले एक गोल गोल गरेका थिए । प्रतियोगिता अवधिभर मैदानभित्र केबी एकेडेमी नै हाबी देखिएको थियो । यसअगाडी केबी एकेडेमी सन् २०१८ मा आयोजित १७ औं जेसीज कपमा उपबिजेता भएको थियो भने यसपटकको समेत उपबिजेता बेनी सामुदायिक मावि गतबर्षको समेत उपविजेता हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी केबी एकेडेमीका होमन जुग्जाली, उत्कृष्ट गोलरक्षक केबी एकेडेमीका सञ्जन घर्ती, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिक माविका साइरेस पुन, उत्कृष्ट मिडफिल्डर केबी एकेडमीका मौसम रोका, उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिक माविका सन्दिप क्षेत्री, राईजिङ प्लेयर लिटल गार्डेनका इशान सुबेदी, उत्कृष्ट प्रशिक्षक केबी एकेडेमीका टण्डीन लामा र अनुशासित टिम निस्कोट माविलाई सम्मान गरिएको प्रतियोगिताका मुल संयोजक नविन पौडेलले बताए ।

प्रतियोगितामा बिजेता विद्यालयले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति २०८२ मंसिर १४ गते शनिबार ०८:०९
हजुरको प्रतिक्रिया