२०८३ साउन २१ गते बिहीबार

पोखरामा आज नेकपाको एकता सन्देश सभा

पोखरामा आज नेकपाको एकता सन्देश सभा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १५ गते आइतबार ११:४७

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज गण्डकी प्रदेशको राजधानी पोखरामा एकता सन्देश सभा गर्दैछ। लगातार विभिन्न प्रदेशमा सभा गर्दै आएको नेकपाले शनिबार लुम्बिनीको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा कार्यक्रम...

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज गण्डकी प्रदेशको राजधानी पोखरामा एकता सन्देश सभा गर्दैछ। लगातार विभिन्न प्रदेशमा सभा गर्दै आएको नेकपाले शनिबार लुम्बिनीको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा कार्यक्रम सम्पन्न गरिसकेको छ।

आजको पोखरा सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल लगायतका प्रमुख नेताहरूले आगामी राजनीतिक दिशा, पार्टी एकता र राष्ट्रिय मुद्दाबारे सम्बोधन गर्नेछन्। नेकपाले प्रदेशस्तरका सभालाई जारी राख्दै सोमबार कोशी प्रदेशको विराटनगरमा अर्को कार्यक्रम गर्ने जनाएको छ। त्यस्तै मङ्सिर १८ गते सुर्खेत, २० गते जनकपुर, र २३ गते हेटौँडामा सभा हुनेछ। पार्टीले अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकसाथ एकता सन्देश सभा गर्ने योजना सार्वजनिक गरेको छ।

 

प्रकाशित मिति २०८२ मंसिर १५ गते आइतबार ११:४७
हजुरको प्रतिक्रिया