२०८३ असोज २३ गते शुक्रबार

चार महिनामा २५ हजारले गरे शालग्राम संग्राहलयको दर्शन

चार महिनामा २५ हजारले गरे शालग्राम संग्राहलयको दर्शन

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ मंसिर १५ गते आइतबार ०५:४४

बागलुङ । पछिल्लो समय बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालग्राम संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङ भित्र सवा लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । मुस्ताङको...

बागलुङ ।

पछिल्लो समय बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालग्राम संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

मानव निर्मित सुरुङ भित्र सवा लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । मुस्ताङको मुक्तिनाथबाट फर्किने पर्यटकको रोजाईमा परेको छ ।

दैनिक जसो ३०० बढी पर्यटकले शालग्राम संग्रहालयको अवलोकन गर्ने गरेका छन् ।

विश्वमै दुर्लभ मानिने शालग्राम शिलालाई एक सय मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।

बिदाको दिन एक हजार बढी पर्यटक आउने गरेका छन् । पछिल्लो चार महिनामा मात्रै २५ हजार बढी पर्यटकले संग्रहालयको दर्शन गरेका छन् ।

संग्रहालयको तीव्र प्रचारप्रसा हुँदा पर्यटकको आकर्षण बढेको छ । गत वर्ष झण्डै दुई लाख पर्यटक संग्रहालयमा आएका थिए ।


संग्रहालयले धार्मिक महत्व बोकेको छ । पछिल्लो समय मुक्तिनाबाट फर्किएर बागलुङ कालिका आउने पर्यटकले संग्रहालयको अवलोकन गर्ने गरेका छन् ।

त्रिशूल आकारमा सुरुङभित्र शालग्राम संग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ ।

संग्रहालयमा ससाना शालग्रामदेखि ३०० किलोसम्मको शालग्राम छन् ।

संग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि संग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।

प्रकाशित मिति २०८२ मंसिर १५ गते आइतबार ०५:४४
हजुरको प्रतिक्रिया