पोखरा ।
बड्स एकेडेमी, पोखरा–६ बैदामले आयोजना गरेको वार्षिक स्पोर्ट्स मिट आइतबार सम्पन्न भएको छ।
खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक क्षमता, आत्मविश्वास र टोली भावना विकास गर्ने उद्देश्यले आयोजित दुइदिने उक्त कार्यक्रम नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको खेल मैदान तथा विद्यालयको प्राङ्गणमा सम्पन्न गरिएको थियो ।
यस वर्षको स्पोट्र्स मिटमा विद्यार्थीहरूलाई सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरि विभिन्न व्यक्तिगत तथा सामूहिक प्रतिस्पर्धाहरू सञ्चालन गरिएको थियो। १००, २००, ४०० मिटर दौड, रिलेर रेसजस्ता एथलेटिक खेलहरूसँगै फुटबल, भलिबल, टेबल टेनिस, ब्याट्मिन्टन र बास्केटबल लगायतका प्रतियोगिताहरूले विद्यार्थीहरूमा झन् उत्साह थपेका थिए।
कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक प्राचार्य प्रकाश राज वाग्लेले गरेका थिए । वाग्लेले विद्यार्थीहरूलाई खेलकुद जीवनमा आवश्यक अनुशासनको आधार भन्दै प्रतियोगिताबाट सिकाइलाई दैनिकीमा उतार्न आग्रह गरे । बिधालयले गत बर्षको माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएको र अब खेलकुदमा पनि ४ जिपिए नै आउने गरि बिद्यार्थीहरुलाइ बिशेश वातावरण दिइएको उनले बताए ।
समापन समारोहमा विद्यालय प्रशासनले स्पोट्र्स मिटलाई आगामी वर्ष अझ व्यवस्थित, आकर्षक र सहभागीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
विद्यालयले खेलकुद विकासलाई शैक्षिक सफलतासँगै समान रूपमा प्राथमिकता दिने नीति आगामी वर्षहरूमा पनि निरन्तर रहने जनाएको छ।
प्रतियोगितामा प्रथम, दित्तिय, तृतीय हुने र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक, ट्रफी तथा प्रमाणपत्र आउँदो अभिभावक दिवसका दिन प्रदान गरिने बिधालयले जनाएको छ।
प्रकाशित मिति २०८२ मंसिर १६ गते सोमबार ०३:५४




