काठमाडौं ।
एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेता बनेको छ । आज भएको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भयो ।
यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । नेपालका कप्तान अशोक धामीले सबैभन्दा धेरै ३४ रन बनाए ।
यूएईका युग जय शर्मा र अली असगर शम्सले ३र३ विकेट लिए ।
यसअघि घरेलु मैदान कारवानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदा अलआउट भयो ।
यूएईका अहमद खुदादादले सबैभन्दा धेरै ७१ रन बनाए । नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडेलले २ तथा नितिशकुमार पटेल र कप्तान अशोक धामीले १र१ विकेट लिए ।
नेपाल र यूएई यसअघि नै एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा ओमानलाई हराउँदै मलेशिया पनि एशिया कपमा छनोट भएको छ ।
१९ वर्षमुनिको एशिया कप यही डिसेम्बर १२ देखि यूएईमै शुरू हुँदैछ ।
प्रकाशित मिति २०८२ मंसिर १६ गते सोमबार ०६:१२