२०८३ साउन २१ गते बिहीबार

नेपाल प्रिमियर लिग खेल्न काठमाण्डौ आइपुगे फाफ डु प्लेसिस

नेपाल प्रिमियर लिग खेल्न काठमाण्डौ आइपुगे फाफ डु प्लेसिस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १६ गते सोमबार ०६:१८

डु प्लेसिसले अब विराटनगरका बाँकी खेलहरू खेल्नेछन् ।

काठमाडौं ।

दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डु प्लेसिस विराटनगर किङ्ग्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट खेल्न काठमाण्डौ आइपुगेका छन् ।

४१ वर्षीय डु प्लेसिस केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई विमानस्थलमा विराटनगर किङ्ग्सका प्रतिनिधिले स्वाग गरे ।

डु प्लेसिसले अब विराटनगरका बाँकी खेलहरू खेल्नेछन् ।

एनपीएलमा आज कुनै खेल थिएन । एनपीएलमा भोलि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १२ बजे चौथो स्थानको चितवन राइनोज र पुछारमा रहेको जनकपुर बोल्ट्स खेल्दैछन् ।

यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे छैटौं स्थानको कर्णाली याक्स र सातौं स्थानको पोखरा एभेन्जर्स खेल्दैछन् ।

यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ । एनपीएलमा आठ वटा टोली सहभागी छन् ।

प्रकाशित मिति २०८२ मंसिर १६ गते सोमबार ०६:१८
हजुरको प्रतिक्रिया