२०८३ साउन २१ गते बिहीबार

जितका लागि पर्याप्त लक्ष्य थियोः चितवनका डेविड मालन

जितका लागि पर्याप्त लक्ष्य थियोः चितवनका डेविड मालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १७ गते मंगलबार ०५:११

आगामी खेलमा जित निकाल्न मेहनत गर्ने उनले उल्लेख गरे । जनकपुरका कप्तान अनिल साहले आफ्नो रनको खाता र टिमको जितको खाता खोल्न पाउँदा खुशी लागेको बताए ।

काठमाडौं ।

पाँचौं खेलमा तेस्रो हारपछि चितवन राइनोजका डेविड मालनले जितका लागि लक्ष्य पर्याप्त भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसक्दा हार व्यहोरेको बताएका छन् ।

चितवनले राम्रो लक्ष्य प्रश्तुत गरे पनि बलिङमा साथ नपाउँदा जनकपुर बोल्ट्ससँग हार सामना गर्नुपरेको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा मालनले आजको खेलमा ओपनिङ साझेदारी परिवर्तन गर्ने निर्णय सही भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसकेको बताए ।

विदेशी खेलाडीबाट सबैले आशा गरेअनुरुप रवि बोपाराले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गरेको उनले उल्लेख गरे ।

उनले आज आफ्नो पनि राम्रो प्रदर्शन गर्न आउँदा खुशी लागेको बताए । आगामी दुई खेल जित्दा प्लेअफ पुग्ने सम्भावना रहेको उनले बताए ।

आगामी खेलमा जित निकाल्न मेहनत गर्ने उनले उल्लेख गरे । जनकपुरका कप्तान अनिल साहले आफ्नो रनको खाता र टिमको जितको खाता खोल्न पाउँदा खुशी लागेको बताए ।

लगातार पहिलो चार खेलमा हारका कारण आजको खेलमा जित आवश्यक रहेको र नतिजा पनि निस्कदा टोलीको मनोबल बढ्ने उनको आशा छ ।

आजको खेल छिटै जितेकाले नेट रनरेट पनि सुधार हुने उनले उल्लेख गरे । बाँकी दुई खेल जितेपछि मात्र प्लेअफबारे सोध्ने उनको भनाइ छ ।

यो वर्ष घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट पनि धेरै नखेलेकाले आजको प्रदर्शन पर्खाइमा रहेको उनी बताउँछन् ।

पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महशुस गरेको उनले स्वीकार गरे । आज टिम ब्याक गर्दा रन पनि निस्किनु आफ्ना लागि खुशीको क्षण रहेको उनको भनाइ छ ।

कप्तानको जिम्मेवारीबाट हटे पनि खेल्ने भने इच्छुक रहे पनि टिमको आवश्यकता अनुरुप बाहिर रहेको उनी बताउँछन् ।

टिममा अनुभवी खेलाडीहरू धेरै रहेकाले खराब प्रदर्शन हुँदा बाहिर राख्नु स्वभाविक रहेको उनको बुझाइ छ ।

आज प्रदर्शन गर्न नसकेको भए आफ्ना लागि झन् कठिन हुनसक्ने उनी बताउँछन् । आजभन्दा अघिल्ला खेलमा धेरै मेहनत गरे भने रन ननिस्केको उनले उल्लेख गरे ।

टिमको प्रदर्शन राम्रो नहुँदा समर्थकमा पनि निराशा छाएको उनी बताउँछन् ।

जनकपुरका समर्थक जहाँ रहे पनि खेल हेर्ने उनको विश्वास छ

प्रकाशित मिति २०८२ मंसिर १७ गते मंगलबार ०५:११
हजुरको प्रतिक्रिया