२०८३ असोज २३ गते शुक्रबार

नेपाली खेलाडी अभिषेक बाँस्तोला भियतनाममा हुने यूटीआर प्रो टेनिस टुर खेल्न जाँदै

नेपाली खेलाडी अभिषेक बाँस्तोला भियतनाममा हुने यूटीआर प्रो टेनिस टुर खेल्न जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १७ गते मंगलबार ०७:५६

यो प्रतियोगिता विश्वका उत्कृष्ट ३ हजार खेलाडीमध्येबाट आमन्त्रण गरिएको खेलाडीको मात्र सहभागिता हुनेछ ।

पोखरा ।

नेपाली प्रो टेनिस खेलाडी अभिषेक बाँस्तोलाले भियतनाममा हुने यूटीआर प्रो टेनिस टुर खेल्न जाने भएका छन् ।

पाखरेली टेनिस खेलाडीले डिसेम्बर ८ देखि १४ तारिखसम्म हुने टेनिस टुर खेल्न लागेका हुन् । यसअघि उनले भारतको बेंगलुरु यूटीआर प्रो टेनिस टुर खेलेका थिए ।

यो प्रतियोगिता विश्वका उत्कृष्ट ३ हजार खेलाडीमध्येबाट आमन्त्रण गरिएको खेलाडीको मात्र सहभागिता हुनेछ ।

हालसम्म अभिषेकले २२ देशमा पुगेर टेनिस खेलिसकेका छन् । अभिषेक आईटीएफ विश्व वरीयतामा अटाएका नेपाली पुरुष खेलाडी हुन् भने यूटीआर प्रो सिरिज खेल्ने पहिलो नेपाली हुन् ।

उनले अमेरिकामा छात्रवृत्तिमार्फत एनसीएए डिभिजन–१ मा खेल्ने अवसर पाएका थिए ।

जसले विश्व वरीयता पूर्व नम्बर १ खेलाडी नोभाक जोकोभिच, एन्डि मरेलगायत एटीपी तथा डब्लूटीएका खेलाडीको हिटिङ पार्टनर समेत गरेका थिए ।

पोखरामा रहेर १३ वर्षको उमेरदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका अभिषेक हाल अमेरिकामा टेनिस प्रशिक्षण लिइरहेका छन् ।

सन् २०२१ देखि उनले यूटीआर प्रो सिरिजका १३ बढी प्रतियोगितामा भाग लिइसकेका छन् ।

 

प्रकाशित मिति २०८२ मंसिर १७ गते मंगलबार ०७:५६
हजुरको प्रतिक्रिया