२०८३ असोज २३ गते शुक्रबार

साफ यू–१९ महिला फुटबलमा आज नेपाल र भुटान खेल्दै

साफ यू–१९ महिला फुटबलमा आज नेपाल र भुटान खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २ गते शुक्रबार ०३:२६

काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा आज शुक्रबार नेपालले भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । फाइनल...

काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा आज शुक्रबार नेपालले भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । यसअघि, नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आयोजक बङ्गलादेश र नेपालले समान दुई खेलमा चार–चार अङ्क जोडेका छन् । भुटानले तीन खेलबाट ३ अङ्क जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ । लगातार तीन खेलमा पराजित श्रीलङ्का भने फाइनल होडबाट बाहिरिसकेको छ । नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति २०७८ पुस २ गते शुक्रबार ०३:२६
हजुरको प्रतिक्रिया