काठमाडौं ।
स्पिनर साहव आलमको ह्याट्रिकसहित ६ विकेट प्रेरणामा काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफमा पुगेको छ ।
कीर्तिपुरमा आफ्नो छैटौं तथा लिगको अन्तिम काठमान्डुले बिहीवार पोखरा एभेन्जर्समाथि १३ रनको जित निकाल्दै एनपिएलमा पहिलोपल्ट प्लेअफमा स्थान बनाएको हो ।
पहिलो सिजन नेट रनरेटमा कर्णाली याक्ससँग पछि हुँदा काठमाण्डु प्लेअफमा पुग्न असफल भएको थियो । तर यसपल्ट लिगमा सातमध्ये पाँच खेल जित्दै काठमाण्डुले प्लेअफसँग शिर्ष दुईको नै दाबेदारी दिएको छ ।
पोखराको भने छैटौं खेलमा चौथो हारसँगै प्लेअफ यात्रा कठिन भएको छ । काठमाण्डुको जितमा स्पिनर साहबले उत्कृष्ट बलिङ गरे ।
उनले चार ओभरमा ६ विकेट लिँदै २५ रन मात्र दिए । साहवले डेथ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए । साथै उनी यो प्रदर्शनपछि सन्दीप लामिछानेसँगै सर्वाधिक (१२) विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा पुगे ।
त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले एक सय ६६ रनको लक्ष्य दियो । जवाफमा पोखराले पूरै ओभर खेले पनि एक सय ५२ रनमै अलआउट भयो । ओपनर एडम रोसिङ्टन ५ रनमा नै आउट भएपछि पोखराको शुरुवात राम्रो हुन सकेन ।
अर्का ओपनर कुशल भुर्तेलले इनिङ उकास्ने प्रयास गरे । उनी २० बलमा २२ रन जोड्दै आउट भए । उनको इनिङमा दुई छक्का मात्र रह्यो ।
त्यसपछि आएका जेसन रोय १६ रनमा र तृतराज दास ९ रनमा आउट भए । ८.३ ओभरमा पोखरा ५५÷४ को अवस्थामा थियो ।
तर, पाँचौं विकेटका लागि श्रीलंकन खेलाडी धनन्जय लक्षण र भारतीय खेलाडी रिषी धवनबीच ७६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए ।
१७औं ओभरमा धनन्जय ३० रनमा आउट भए । उनी २७ बलमा ३० रन जोडेर पभेलियन फर्किए ।
धवनले ३१ बलमा ५४ रन जोड्दै अर्धशतकीय इनिङ खेले । धवन क्रिजमा रहँदासम्म पोखराको जित देखिन्थ्यो । तर, डेथ ओभरको पहिलो बलमा साहबले उनलाई क्याच गराए ।
धवनले तीन चौका र दुई छक्का प्रहार गरे । काठमान्डुको इनिङमा साहबले ६ विकेट तथा करण केसी र सन्नी पटेलले समान दुई विकेट लिँदा पोखराको इनिङ धरासयी बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले आठ विकेटको क्षतिमा एक सय ६५ रनको योगफल बनाएको थियो ।
ओपनर बेन चाल्र्सवर्थ ६४ रन र मध्यक्रमका ब्याटर भीम सार्की ५५ रनको अर्धशतकीय इनि बनाएपछि काठमाण्डुले राम्रो योगफल खडा गरेको हो ।
पाँच ओभरमै काठमान्डुले ओपनर आकाश त्रिपाठी शून्यमा र रसिद खानलाई ७ रनमा गुमायो । दबाबमा परेको काठमाण्डुले पावरप्लेमा ३१ रन मात्र जोड्दै सुस्त ब्याटिङ ग¥यो ।
त्यसपछि मिलिन्द १३, विकेटकिपर जोन सिम्पसन २, र मोहम्मद आदिल ७ रनमा नै आउट भए ।
१३.३ ओभरमा काठमाण्डु ७९÷५ को अवस्थामा पुग्यो । तर छैटौं विकेटका लागि ओपनर चाल्र्सवर्थ र भीमबीच ७६ रनको बलियो साझेदारी गर्दै काठमान्डुलाई राम्रो योगफलतर्पm अग्रसर गराए ।
चाल्र्सवर्थ १९औं र भीम अन्तिम ओभरमा आउट भए । आक्रामक ब्याटिङ गरेका भीमले १९ बलमै अर्धशतक पूरा गरे ।
उनको २३ बलमा पाँचौं र चार छक्का हिर्काए । ५५ बलमा चाल्र्सवर्थले पाँच चौका र दुई छक्का प्रहार गरे ।
पोखराको बलिङमा धनन्जय लक्षमले चार ओभरमा एक मेडनसहित चार विकेट लिँदा १६ रन मात्र खर्चिए ।
कप्तान कुशलले दुई तथा विपिन खत्री र किरण ठगुन्नाले समान एक विकेट लिए ।
प्रकाशित मिति २०८२ मंसिर १९ गते बिहीबार ०५:०१




