२०८३ साउन २१ गते बिहीबार

न्यू वेष्ट पोइन्ट बन्यो दोस्रो लायन्स छात्रा फुटबल च्याम्पियन

न्यू वेष्ट पोइन्ट बन्यो दोस्रो लायन्स छात्रा फुटबल च्याम्पियन

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ मंसिर २१ गते शनिबार ०८:०६

उपविजेताको डिफेन्डर, मिडफिल्डर सहितको पोजिसनमा देखिएको परिवर्तनले विजेता वेष्ट पोइन्टलाई भारी भएको थियो ।

म्याग्दी ।

लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा सम्पन्न दोस्रो लायन्स अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्ट आवासीय मावि बेनीले जितेको छ ।

शनिबार खुल्ला मञ्च बेनीमा सम्पन्न फाइनलमा न्यू वेष्ट पोइन्टले प्रकाश माविलाई १–० ले पराजित गर्दैै च्याम्पियन बनेको हो । न्यू वेष्ट पोइन्टलाई दोस्रो लायन्स कपको ट्रफी दिलाउने क्रममा सरिता पर्टेले दोस्रो हाफपछि एक गोल गरेकी थिइन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् । डिफेन्डिङ च्याम्पियन समेत रहेको वेष्ट पोइन्ट सुरुवात देखि नै उत्कृष्ट लयमा देखिएको थियो भने उपविजेता प्रकाश माविको समेत टिम वर्क र एट्याकिङमा निकै राम्रो भए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

उपविजेताको डिफेन्डर, मिडफिल्डर सहितको पोजिसनमा देखिएको परिवर्तनले विजेता वेष्ट पोइन्टलाई भारी भएको थियो ।

प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमशः ४० हजार र २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनुशासित टिम बेनी सामुदायिक माविलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्टकी काब्याश्री बानियाँ, उत्कृष्ट गोलरक्षक न्यु वेष्ट पोइन्टकै रिदिमा भट्टचन, उत्कृष्ट मिडफिल्डर न्यू वेष्ट पोइन्टकी समिक्षा घर्ती, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल १० गोल, उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर प्रकाश माविकी समिक्षा दर्जी, उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर प्रकाश मावि अञ्जली सिर्पालीलाई नगद सहित पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ मंसिर २१ गते शनिबार ०८:०६

हजुरको प्रतिक्रिया