२०८३ साउन २१ गते बिहीबार

एनपीएलः लिगचरणको अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित

एनपीएलः लिगचरणको अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २२ गते आइतबार ०७:१६

कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्क मदतमा सर्वाधिक ३३ रन बनाए ।

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेल कर्णाली याक्सले डिफेण्डिङ च्याम्पियन जनकपुरमाथि ३ रनको रोमाञ्चक हात पारेको छ ।

कर्णाली याक्सले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । यस सिजन दोस्रो जित हात पारेको कर्णालीले ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सकायो । चितवन राइनोज समान ४ अंक भए पनि कर्णाली नेट रनरेटमा अघि रहेको हो ।

डिफेण्डिङ च्याम्पियन जनकपुरले भने ७ खेल खेल्दा जम्मा एक खेल मात्र जित्यो र २ अंकसहित पुछारमा रह्यो ।

जनकपुरले यस संस्करण चितवनलाई मात्र पराजित गरेको थियो । जनकपुरका लागि कृष्णमुर्तीले ३९ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै संगीथ कुरले ३२ बलमा २५ रन जोडे ।

बलिङमा विलयम बोसिस्टोले २ तथा मार्क बोसिस्टो, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले एक÷एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

कर्णालीका लागि यस सिजन पहिलो खेल खेलेका ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्क मदतमा सर्वाधिक ३३ रन बनाए ।

प्रकाशित मिति २०८२ मंसिर २२ गते आइतबार ०७:१६

हजुरको प्रतिक्रिया