२०८३ साउन २१ गते बिहीबार

मध्यपहाडी लोकमार्गको सुन्दरबजार खण्ड अबिलम्ब बनाउन दबाब

मध्यपहाडी लोकमार्गको सुन्दरबजार खण्ड अबिलम्ब बनाउन दबाब

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ मंसिर २५ गते बुधबार १२:५२

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ६ को क्याम्पसगेट देखि खत्रीठाँटीसम्म स्थानीयहरुले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण रोकेपछि बजारक्षेत्रमा करिब दुई किलोमिटर सडक अलपत्र छ ।

लमजुङ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग अबिलम्ब बनाउन दबाब दिँदै आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन नसकेको बताईएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ६ को क्याम्पसगेट देखि खत्रीठाँटीसम्म स्थानीयहरुले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण रोकेपछि बजारक्षेत्रमा करिब दुई किलोमिटर सडक अलपत्र छ ।

लामो समयदेखि धुलो हिलो तथा खाल्डाखुल्डीको सास्ती व्यहोर्नु परेको संघर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम आयोजना गरेको हो ।

सडक निर्मार्णमा सहजीकरणको माग गर्दै प्रमुख जिल्ला अधिकारी, आयोजना कार्यान्वयन इकाई पालुङटार र नगरपालिका समक्ष ज्ञापनपत्र बुझाईसकेको र बारम्बार ध्यानाकर्षण गराएपनि कुनै नतिजा नआएको संघर्ष समितिले जनाएको छ ।

सडक निर्माणकार्यमा दबाब दिनको लागि गठित ११ सदस्यीय संघर्ष समितिले बुधबारबाट चरणबद्ध आन्दोलनका कार्यक्रम समेत तय गरेको संयोजक राजेन्द्र के.सीले जानकारी दिए ।

उनका अनुसार मंसिर २६ गते बिहान ९ बजे देखी ११ बजे सम्म सुन्दरबजार नगरपालिकाको कार्यालय तालाबन्दि गर्ने, मंसिर २७ गते शान्तिपूर्ण जुलुश तथा कोणसभा गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति २०८२ मंसिर २५ गते बुधबार १२:५२
हजुरको प्रतिक्रिया