२०८३ असोज २३ गते शुक्रबार

‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो

‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १ गते मंगलबार १२:५६

नेपालमा ऊर्जा क्षेत्रमा कोरियाली लगानी र प्रविधि सहभागिता विस्तार गर्ने उद्देश्यका साथ नेपालस्थित कोरिया दुतावास र स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको सेमिनारमा इप्पानका अध्यक्ष गणेश कार्कीले सेमिनार नेपाल–कोरिया सम्बन्धको ऐतिहासिक निरन्तरताको प्रतिविम्व भएको बताएका छन् ।

पोखरा ।

‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ काठमाडौंमा सम्पन्न भएको छ ।

नेपालमा ऊर्जा क्षेत्रमा कोरियाली लगानी र प्रविधि सहभागिता विस्तार गर्ने उद्देश्यका साथ नेपालस्थित कोरिया दुतावास र स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको सेमिनारमा इप्पानका अध्यक्ष गणेश कार्कीले सेमिनार नेपाल–कोरिया सम्बन्धको ऐतिहासिक निरन्तरताको प्रतिविम्व भएको बताएका छन् ।

उनकाअनुसार नेपालको ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै उनले भारत र बंगलादेशसँग भएका ऊर्जा व्यापार सम्झौताले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्यातको सम्भावना खोलेको छ ।

उक्त लक्ष्य हाँसिल गर्न निजी क्षेत्र प्रमुख साझेदार हुनेछ ।

अध्यक्ष कार्कीले जलविद्युत आयोजनाले विद्युत उत्पादनसँगै रोजगारी सिर्जना, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा सामाजिक–आर्थिक योगदान पु¥याएको समेत बताए ।

भविष्यमा व्यवसाय–व्यवसाय तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सहकार्य विस्तार, स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, हरित वित्त र नवप्रवर्तनमा ठूलो सम्भावना रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते–यङले कोरिया नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

उनकाअनुसार केही प्रोजेक्ट अघि बढाइसकेकाले थप लगानीका लागि सरकारले बाटो खोलिदिनुपर्छ ।

कोरिया वित्तीय सहयोगसँगै प्राविधिक सहयोगमार्फत पनि नेपालसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

सेमिनारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव (ऊर्जा) चिरञ्जीवी चटौतले नेपाल–कोरिया सहकार्य जरुरी रहेको बताए ।

उनले रणनीतिक लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्रको नेतृत्वमा आधारित साझेदारीतर्फ नेपाल–कोरिया अघि बढिसकिएको बताए ।

चटौतका अनुसार नेपालको ऊर्जा रूपान्तरणका लागि कोरिया महत्वपूर्ण साझेदार हो ।

चटौतकाअनुसार २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनालाई कोरियाली लगानी र प्रविधिको उदाहरण रहेकाले ठूला जलविद्युत आयोजना, प्रसारण पूर्वाधार तथा ग्रिड आधुनिकीकरण र हरित हाइड्रोजन तथा भविष्यका ऊर्जा समाधानमा कोरियाली सहभागिता हुन आवश्यक छ ।

प्रकाशित मिति २०८२ पुस १ गते मंगलबार १२:५६
हजुरको प्रतिक्रिया