२०८३ साउन २१ गते बिहीबार

व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह

व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ३ गते बिहीबार १२:४४

परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ । गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे ।

पोखरा ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन् ।

आज गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताउँदै अबको समयमा पनि अघि बढ्न शाहस गर्नुपर्ने बताएका हुन् ।

उनकाअनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन् । जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो ।

कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे ।

परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ । गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे ।

उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे ।

गभर्नर पौडेलले बोण्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए ।

उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै उनले यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।

यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

गभर्नर पौडेलले भने–‘ठूलो खर्च गर्न आँट गरोस, बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौं । बोण्डहरु जारी गर्ने बारेमा पनि हाम्रो नेगोसेसन भएको थियो । उर्जा, यातायात जस्ता क्षेत्रमा राम्रो खर्च गर्न कोशिस गरौँ । उर्जा, यातायातमा धेरै सम्भावना छ, यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । सम्भावनाको केही प्रतिशत पनि हामीले प्रयोग गरेको देखिदैन । यातायतमा पनि ठूलो लगानी गर्न आँट गरौँ । राष्ट्र बैंकबाट पनि सहजिकरण गछौँ । म व्यवसायी साथीहरुलाई भन्न चाहन्छु उच्च मनोबल लिएर काम गर्नुहोस्, यो भन्दा प्रतिकूल परिस्थीतिमा मान्छेहरुले मेहनत गरेका छन् । सबै देशहरु विपन्न हुँदा धेरै कारणहरु हुन्छ । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने केही कारण छैन । हामी धेरै प्रकारका आरोह अवरोह पार गरेर यहाँ आइपुगेका छौं । २० वर्ष अघि हाम्रो देशमा आन्तरीक द्वन्द थियो । राजदरबार हत्यकाण्ड भएका थियो । यतिधेरै भुइचालोहरु आए । धेरै प्रकारका आरोह अवरोहरु भएको भइ छ । त्यही पनि २÷४ ओटा कुराहरु छन् हामीलाई स्टेबल बनाइरहेको छ । त्यो मध्ये एक हाम्रो आवधिक निर्वाचनहरु हुन । निर्वाचनहरु स्वच्छ भइरहेको छ भन्नेमा हामी सबैले विश्वास गर्दै आएका छौं । कम पैसा भएकाहरु पनि स्वतन्त्र रुपमा उठेर चुनाव जितिरहेका छन् । हरेक निर्वाचनमा परम्परागत पार्टी बाहिरबाट पनि चुनाव जितेका छन् । यो चिजहरुले हामीलाई अघि बढ्न पनि सघाउ पु¥याइरहेको छ ।’

गभर्नर पौडेलले सकारात्मक आधारलाई आत्मविश्वासका साथ उपयोग गर्दै निजी क्षेत्रले लगानी बढाए अर्थतन्त्र थप गतिशील बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति २०८२ पुस ३ गते बिहीबार १२:४४
हजुरको प्रतिक्रिया