२०८३ असोज २४ गते शनिबार

राधाकृष्ण मन्दिर शान्ति आश्रममा नयाँ कार्यसमिति

राधाकृष्ण मन्दिर शान्ति आश्रममा नयाँ कार्यसमिति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ५ गते शनिबार ११:५८

पोखरा । राधाकृष्ण मन्दिर शान्ति आश्रम पोखरा–३२ श्यामघाट, लामेआहालको ३३ औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । आश्रमको सह अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत,...

पोखरा ।
राधाकृष्ण मन्दिर शान्ति आश्रम पोखरा–३२ श्यामघाट, लामेआहालको ३३ औं साधारणसभा तथा आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

आश्रमको सह अध्यक्षमा रामचन्द्र सिग्देल, उपाध्यक्षमा बिमलाकुमारी थापा बस्नेत, सचिवमा भुलाप्रसाद भण्डारी, सह–सचिवमा भगवती पन्थ र कोषाध्यक्षमा मोहनराज बराल निर्वाचित भएका छन्।

समितिका सदस्यहरूमा चुडामणि वाग्ले, दामोदर पौडेल, मोहनकुुमार प्रधान, गुुरुप्रसाद पौडेल, ज्योतिप्रकाश तिमिल्सिना र माधवशरण लामिछाने निर्वाचित भएका छन् ।

समितिको अध्यक्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमका पीठाधिश हुने व्यवस्था रहेकोमा हाल मुकुन्दशरण उपाध्याय पीठाधिशका रुपमा रहेका छन् ।

१५ सदस्यीय समिति रहने व्यवस्था बमोजिम तीन जना सदस्य पीठाधिशबाट मनोनयन गरिनेछ । राधकृष्ण गुुरुकुल र राधाकृष्ण बृद्धाश्रमको अध्यक्ष दुुई जना पदेन सदस्य हुने जनाइएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले यस क्षेत्रको समग्र विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका पीठाधिश एवम् समितिका अध्यक्ष मुकुन्दशरण उपाध्यायले धेरै संघर्ष गरेर यो संस्था स्थापना भएको बताउँदै यसको विकास र समुन्नतिका लागि सबैले आ आफ्ना स्थानबाट सहयोग गर्नुुपर्नेमा जोड दिए ।

समितिका अध्यक्ष मुकुन्दशरण उपाध्यायको एवम् सचिव घनश्याम खनालले सञ्चालन गरको कार्यक्रममा माधवशरण उपाध्यायाले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्री, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका अध्यक्ष नगेन्द्र रेग्मी, ठाकुरप्रसाद वाग्ले, विश्वराज लामिछाने, हरिप्रसाद खनाल, तुलसीशरण उपाध्याय लगायतले बोलेका थिए ।

प्रकाशित मिति २०८२ पुस ५ गते शनिबार ११:५८
हजुरको प्रतिक्रिया