२०८३ साउन २१ गते बिहीबार

मुग्लिन पोखरा सडकको पश्चिम खण्डमा ७० प्रतिशत काम सकियो

मुग्लिन पोखरा सडकको पश्चिम खण्डमा ७० प्रतिशत काम सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ६ गते आइतबार ०२:१३

ठेक्का लिएको एनहुई केयूएन हाइवे एन्ड ब्रिजले सम्पूर्ण काम सम्पन्न गर्न असार सम्मको समय मागेको बताइएको छ । योजनाको म्याद यहि डिसेम्बर अन्तिममा सकिने छ ।

पोखरा ।

मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) मा ७० प्रतिशत काम सम्पन्न भएको छ ।

योजना प्रमुख कृष्णबहादुर कुँवरले अहिले सम्म चार लेन सडकको चार किलो मिटर मात्र कालो पत्र गर्न बाँकी रहेको बताए ।

ठेक्का लिएको एनहुई केयूएन हाइवे एन्ड ब्रिजले सम्पूर्ण काम सम्पन्न गर्न असार सम्मको समय मागेको बताइएको छ । योजनाको म्याद यहि डिसेम्बर अन्तिममा सकिने छ ।

काम ढिलाई हुनुमा कतै विजुलीको पोल सार्न ढिलाई देखि सर्भिस लेन किल्एिर नहुदाँ ढिलाई भएको बताइएको छ ।

तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको (पश्चिम खण्ड)मा १३ वटा पुल मध्य ११ वटा सम्पन्न भएको र रोड कन्र्टक्सन अन्तर्रगत विजयपुर पुल मात्र बाँकी रहेको छ ।

तिन स्पान मध्य एउटा स्पान ढलान भइसकेको र बाँकी २ स्पान पनि छिट्टै ढलान हुने बताएको छ ।

सेती पुल भने छुट्टै  ठेक्का हो, सेती पुलमा निर्माणधि २ पुल मध्य दक्षिण तर्फको पुल वैशाख सम्म सम्पन्न हुने बताएको छ ।

प्रकाशित मिति २०८२ पुस ६ गते आइतबार ०२:१३
हजुरको प्रतिक्रिया