२०८३ साउन २१ गते बिहीबार

कास्की आदर्श समाज र लायन्स क्लब अफ पोखरा अर्पनको रक्तदानमा ३५ युनिट रगत संकलन

कास्की आदर्श समाज र लायन्स क्लब अफ पोखरा अर्पनको रक्तदानमा ३५ युनिट रगत संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस ११ गते शुक्रबार १२:२०

कार्यक्रममा लायन्स क्लब अफ पोखरा अर्पनकी अध्यक्ष अनमिका थापा र कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिवबहादुर बानियाले पनि मन्तव्य राख्दै संस्थागत सहकार्यबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे ।

पोखरा ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा तथा लायन्स क्लब अफ पोखरा अर्पनको सह–आयोजनामा शुक्रबार पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले रक्तदानको सामाजिक महत्व, मानवीय सेवा र आपतकालीन अवस्थामा रगतको अपरिहार्य भूमिकाबारे प्रकाश पारेका थिए ।

प्रमुख अतिथि सुवेदीले रक्तदान जीवनदानसँग जोडिएको महान कार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा अर्पनकी अध्यक्ष अनमिका थापा र कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिवबहादुर बानियाले पनि मन्तव्य राख्दै संस्थागत सहकार्यबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे ।

कार्यक्रम संयोजक तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सिनाका अनुसार कार्यक्रममा युवादेखि विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

उनले रक्त अभाव न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

आयोजक संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति २०८२ पुस ११ गते शुक्रबार १२:२०
हजुरको प्रतिक्रिया