२०८३ साउन २१ गते बिहीबार

सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजन शुरु हुँदै

सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजन शुरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १२ गते शनिबार ०३:४७

सेन्ट्रल ओपनमा पहिलो दुई राउन्ड (३६ होल) पछि कट सुरु हुनेछ । शिर्ष १८ व्यावसायिक खेलाडी तथा प्रो–कट पार गर्ने एमेच्योर खेलाडीहरू अन्तिम ३६ होलमा प्रवेश गर्नेछन् ।
यसअघि २१ खेलाडीले कट बचाउने प्रावधान थियो । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ ।

पोखरा ।

नेपालकै प्रतिष्ठित व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२५–०२६ सिजन सोवबारदेखि काठमाडौंबाट शुरु हुने भएको छ ।

सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गोकर्ण फरेस्ट गल्फ रिसोर्टबाट आयोजना हुने भएको हो ।

नेपालका शीर्ष व्यावसायिक तथा एमेच्योर गल्फरहरूको सहभागिता रहने यो प्रतियोगिता कुल ७२ होलमा खेलाइनेछ ।

प्रो गल्फर सुवास तामाङ र युवा एमेच्योर गल्फर सद्भाव आचार्यले यो प्रतियोगिता खेल्ने छैनन् ।

सिजनको अन्ततिर उनीहरु आउन सक्ने गोकर्ण गल्फ कोर्षका डाइरेक्टर दीपक आचार्यले जानकारी दिए ।

सेन्ट्रल ओपनमा पहिलो दुई राउन्ड (३६ होल) पछि कट सुरु हुनेछ । शिर्ष १८ व्यावसायिक खेलाडी तथा प्रो–कट पार गर्ने एमेच्योर खेलाडीहरू अन्तिम ३६ होलमा प्रवेश गर्नेछन् ।

यसअघि २१ खेलाडीले कट बचाउने प्रावधान थियो । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ ।

विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार, तेस्रो स्थानले १ लाख, चौथोले ८२ हजार र पाँचौं स्थानले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

शीर्ष १८ व्यावसायिक खेलाडीले पुरस्कार पाउनेछ ।

नेपाल नम्बर एक गल्फर नीरज तामाङ, साविक एमेच्योर च्याम्पियन राहुल विश्वकर्मा, तथा अनुभवी खेलाडीहरू भुवन नगरकोटी, तोरण शाही, दिनेश प्रजापति, सञ्जय लामा र रबि खड्का उपाधिका दाबेदार हुन् ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ कुल ८ वटा प्रतियोगिता हुनेछन् ।

माघ १४ देखि १७ गते सूर्य नेपाल ईस्टर्न ओपन धरान गल्फ क्लबमा र माघ २७ देखि २९ गतेसम्म सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप (आर्मी गल्फ कोर्स, बर्दिवास) हुनेछ ।

बर्दिबासमा पहिलोपल्ट प्रतियोगिता हुन लागेको हो । यस सिजनको कुल पुरस्कार राशि ८० लाख १० हजार रुपैयाँ रहेको छ ।

नेपाल प्रोफेशनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले नयाँ सिजनप्रति उत्साह व्यक्त गर्दै सूर्य नेपाल गल्फ टुरले १९औँ वर्षमा प्रवेश गर्नु नेपाली प्रतिस्पर्धात्मक गल्फका लागि महत्वपूर्ण उपलब्धि रहेको बताए ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजनले नेपालका उत्कृष्ट गल्फ कोर्सहरूमा उच्चस्तरीय प्रतिस्पर्धा प्रश्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८२ पुस १२ गते शनिबार ०३:४७
हजुरको प्रतिक्रिया