२०८३ असोज २३ गते शुक्रबार

नेपाल आज भारतसँग खेल्दै, बराबरी मात्र खेलेपनि फाइनल पुग्ने

नेपाल आज भारतसँग खेल्दै, बराबरी मात्र खेलेपनि फाइनल पुग्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार १०:४६

काठमाडौँ – बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार भारतसँग खेल्दै छ। ढाकामा नेपाली समयअनुसार अपरान्ह ३ बजे सुरु हुने खेलमा नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्ने...

काठमाडौँ – बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार भारतसँग खेल्दै छ। ढाकामा नेपाली समयअनुसार अपरान्ह ३ बजे सुरु हुने खेलमा नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्ने छ। तीन खेलबाट ७ अंक भएको नेपाल समान अंक भएको बंगलादेशलाई गोलअन्तरमा पछाडि पार्दै शीर्षस्थानमा छ। भारत ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ। लिग चरणपछि तालिकाका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

आइतबार हुने अर्को खेलमा बंगलादेशले श्रीलंकासँग खेल्ने छ। यो खेलमा बंगलादेशसँग पराजित भएमा नेपाल यदि भारतसँग हारेपनि फाइनल पुग्न सक्ने छ। तर त्यो अवस्थामा गोलअन्तर हेर्नुपर्ने हुन्छ। बंगलादेश साविक विजेता र नेपाल साविक उपविजेता हो। पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल‍ेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० गोलले हराएको थियो।

पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराएको भारतले दोस्रो खेलमा भुटानलाई ३-० गोलले हराएको थियो। तेस्रो खेलमा भने बंगलादेशसँग १-० गोलले पराजित भएको थियो। बंगलादेशले पेनाल्टीमार्फत गरेको गोल निर्णायक बनेको थियो।

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार १०:४६
हजुरको प्रतिक्रिया