२०८३ साउन २१ गते बिहीबार

नेपाललाई साफ यू १९ को फाइलन पुग्ने अवसर

नेपाललाई साफ यू १९ को फाइलन पुग्ने अवसर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ४ गते आइतबार ११:३७

काठमाडौं-  फाइनल पुग्ने मौकाका साथ नेपाली टोलीले बंगलादेशमा जारी साफ यू १९ महिला च्याम्पियनसिप फुटबलमा आइतबार भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकासिथ्त सहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार दिउँसो २ः४५...

काठमाडौं-  फाइनल पुग्ने मौकाका साथ नेपाली टोलीले बंगलादेशमा जारी साफ यू १९ महिला च्याम्पियनसिप फुटबलमा आइतबार भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकासिथ्त सहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको नेपाली टोलीले भारतसँग बराबरी खेल्दा पनि फाइनल पुग्नेछ । भारतले भने नेपाललाई हराए मात्र फाइनल पुग्ने सम्भावना हुन्छ । ३ खेलबाट ७ अंक जोडेर नेपाल शीर्ष स्थानमा छ भने समान अंक भए पनि गोलअन्तरमा पछि रहेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ । भारतको २ जित र १ हारसहित ६ अंक छ र टोली तेस्रो स्थानमा छ ।

बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिपको सुरुवात गरेको नेपालले नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । सुरुवाती दुई खेलमा श्रीलंका र भुटानलाई हराएको भारत बंगलादेशसँग पराजित भएको थियो । सोमबार नै बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले भारतमाथि जित हासिल गरे स्वतः फाइनल पुग्नेछ । अर्को खेलको नतिजाले असर गर्ने छैन । राउन्ड रोविन पछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन् ।

नेपाली महिला (यू–१९) २३ सदस्यीय टोली

अन्जना राना मगर, सावित्री किसान, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मन्जु कुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मिकुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिषा कार्की, मेनुका कुमारी आलेमगर

प्रकाशित मिति २०७८ पुस ४ गते आइतबार ११:३७
हजुरको प्रतिक्रिया