२०८३ साउन २१ गते बिहीबार

हेल्प नेपाल र न्यु डायमन्डले चुम्यो नवौं एनभीए भलिबलकाे उपाधि

हेल्प नेपाल र न्यु डायमन्डले चुम्यो नवौं एनभीए भलिबलकाे उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १९ गते शनिबार ०७:५३

३–० को सोझो सेटमा त्रिभुवन आर्मी क्लब पराजित

काठमाडौं ।

नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेको हो ।

हेल्प नेपालले लगातार तेश्रो पटक उपाधि जितेको छ । हेल्प नेपालले पहिलो सेट २५–२१ तथा दोश्रो र तेश्रो सेट पनि २५–२१ ले जित्यो ।

उपाधि जितेको हेल्प नेपालले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँ पायो । आजै भएको महिलातर्फको फाइनल खेलमा न्यु डायमन्ड भलिबल क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ ।

यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ एपीएफ तेश्रो भएका छन् ।

गएको पुस ११ गतेदेखि सञ्चालनमा रहेको नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता थियो ।

प्रकाशित मिति २०८२ पुस १९ गते शनिबार ०७:५३
हजुरको प्रतिक्रिया