२०८३ असोज २३ गते शुक्रबार

एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न

एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २० गते आइतबार ०३:४२

लिगमा १० टोलीको सहभागिता रहनेछ । लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसमध्ये शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

पोखरा ।

सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न भएको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गरिएको हो ।

लिगमा १० टोलीको सहभागिता रहनेछ । लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसमध्ये शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

प्रतियोगिता फागुन २४ बाट सुरु हुनेछ । एन्फाको क्यालेन्डरमा भाद्रदेखि मंसिरसम्म महिला लिग गर्ने तालिका रहेपनि पछाडि सरेको हो ।

लिगमा सहभागी हुने टोलीहरूमा न्यू रोड टिम, त्रिभुवन आर्मी एफसी, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा एफसी र संकट एफसी रहेका छन् ।

प्रकाशित मिति २०८२ पुस २० गते आइतबार ०३:४२
हजुरको प्रतिक्रिया