पोखरा ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा समूह चरणअन्तर्गत नेपालका सबै खेलहरू त्रिवि क्रिकेट मैदानमा हुने भएका छन् ।
यसअघि नेपालका दुई खेल माथिल्लो मुलपानी र दुई खेल त्रिवि क्रिकेट मैदानमा हुने उल्लेख थिए ।
तर नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा हुने भएका हुन् ।
आउँदो माघ ४ देखि काठमाडौंमा सुरु हुने खेलको खेलतालिका अनुसार नेपालको पहिलो खेल थाइल्यान्डसँग माघ ४ गते विहानको समयमा त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
नेपालको दोस्रो खेल नेदरल्यान्ड्ससँग माघ ८ गते बिहान त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालको तेस्रो खेल माघ १० गते शनिबार जिम्बाबेसँग बिहानको समयमा हुनेछ ।
चौथो खेलमा नेपालले माघ १२ गते सोमबार बिहान स्कटल्यान्डसँग खेल्ने तालिका छ । समूह चरणबाट दुई समूहका शीर्ष ३ टोलीहरू सुपर सिक्समा पुग्नेछन् ।
त्यहाँ शीर्ष ४ मा रहने टोलीहरू विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति २०८२ पुस २४ गते बिहीबार १२:१४