२०८३ साउन २१ गते बिहीबार

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको अध्यक्षमा पुन : लम्साल

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको अध्यक्षमा पुन : लम्साल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २८ गते सोमबार ०१:१२

तनहुँ । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामको अध्यक्षमा होमनाथ लम्साल अर्जुन दोहोरिएका छन् । आईतबार सम्मन्न शुक्लागण्डकी नगरपािलका वडा नं. स्थित च्यवनधामको १३ औं वार्षिक साधारणसभा एवम् छैठौं अधिवेशनबाट अध्यक्षमा लम्साल सर्वसम्मत...

तनहुँ ।

मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामको अध्यक्षमा होमनाथ लम्साल अर्जुन दोहोरिएका छन् ।

आईतबार सम्मन्न शुक्लागण्डकी नगरपािलका वडा नं. स्थित च्यवनधामको १३ औं वार्षिक साधारणसभा एवम् छैठौं अधिवेशनबाट अध्यक्षमा लम्साल सर्वसम्मत दोहोरिएका हुन् ।

समितिको उपाध्यक्षमा शुशिला भुजेल चयन भएकी छन् । सचिव दुर्गादत्त सापकोटा र कोषाध्यक्षमा शिव गर्तौला दोहोरिएका छन् ।

यस्तै, सहसचिवमा राजु श्रेष्ठ, सदस्यहरुमा गोपाल सापकोटा, ओमकुमार श्रेष्ठ, सुरेन्द्र पौडेल, इन्दिरा काफ्ले, बालकृष्ण विक र मुना राई चयन भएका छन् ।

साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षले पेश गरेका प्रगति तथा आर्थिक प्रतिवेदनहरु पारित गरेको छ ।

साधारणसभाको उद्घाटन सत्रमा समाजसेवी ठाकुर प्रसाद शास्त्री, वडा नं. १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, सिद्धेश्वर मन्दिर समितिका अध्यक्ष खेमराज खनाल, शुुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष परशुराम भण्डारी, तीनखोले देवी मन्दिरका अध्यक्ष श्रीराम अधिकारी लगायतले संस्कृति संरक्षण तथा सामाजिक एकताका लागि शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति २०८२ पुस २८ गते सोमबार ०१:१२
हजुरको प्रतिक्रिया